चैनपुरका २५ सय परिवारमा खानेपानी अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

चैनपुरका २५ सय परिवारमा खानेपानी अभाव

संखुवासभा । संखुवासभाको चैनपुरका २५ सय परिवारले खानेपानी अभाव झेल्नु परेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् ।

खानेपानीको चरम अभाव भएपछि पछिल्लो समय बसाइँ सर्न क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका-१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौदेखि खानेपानी अभाव भएको कारण चैनपुर-१० का १४ घरपरिवार बसाइँ सरेका छन् ।
 
पिलुवा खोलामा पानी लिन जाँदा २ घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय भरत भण्डारीले बताए । सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसौना र मलाटेका लगायताका गाउँमा चरम खानेपानी अभाव भएपछि स्थानीय बसाइँ सर्न बाध्य भएका छन् । 

चैनपुरको १० नम्बर वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइसरेको वडाध्यक्ष तेजबहादुर कटुवालले जानकारी दिए । गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मंगल तामाङ बसाइँ सरेका छन् । कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल,राम तामाङ,गोविन्द कटुवाल,खगेन्द्र कटुवाल,याम बहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराई तिर बसाइँ सरेका छन् । 

त्यस्तै सल्लेरी गाउँबाट चतुरमान तामाङ,सिंहबहादुर राई,ज्ञान बहादुर राई लगायतको घरपरिवार बसाइसरेका हुन् । झिलझिले गाउँको टिकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाको करिब २५ सय घरधुरीमा खानेपानीको अभाव रहेको छ । 

खानेपानीको चरम अभाव भएको चैनपुर –१० मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र,चैनपुर नगरपालिका  र युनाईटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभाको संयुक्त लगानीमा गत पुष्मा लिफ्टिङ खानेपानी शिलान्यास भएका छ । खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल बिसौना, सल्लेरी, झिलझिलेलगायतका स्थानीयले खुसी व्यक्त गर्दे चाडै सम्पन्न गरिदिनु अनुरोधसमेत गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);