खानेपानीले हाहाकार बनेको गाउँ हरियाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खानेपानीले हाहाकार बनेको गाउँ हरियाली

तेह्रथुम । खानेपानी अभावकै कारण बर्सेनि दर्जनौँ परिवार बसाइ सर्नु पर्ने बाध्यता रहँदै आएको तेह्रथुमको छथर गाउँपालिकाकाेकाे समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएकाे छ । स्थानीय सरकारले  खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँकाे दैनिक फेरिएकाे हाे । गाउँ गाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानी कै निम्ति भौँतारिनु पर्ने बाध्यताबाट मुक्त भएको छथर-३ पञ्चकन्याका बद्रीनाथ क्षेत्रीले बताए ।

उनी भन्छन्, ‘केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीहरुमा पुग्नु पर्थ्याे । तर,अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाई गर्दै आएका छौ ।’
  
वस्ती वस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयहरूको घरको करेसाबारीहरू हरियाली देखिन थालेकाे छ ।  आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुको साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको सुस्मा श्रेष्ठको बताइन् ।

‘पहिले पहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी पाउन नै सकस थियो, पशुचौपयालाई त कुरै थिएन । तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ,’ श्रेष्ठले भनिन् । 

गाउँपालिकाको तमोर तटीय क्षेत्रहरू वर्षाैंदेखी खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए ।  नागरिहरूको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । खानेपानी आयोजना सञ्चालनसँगै ८०० परिवार लाभान्वित बनेको गाउँपालिका प्रवक्ता राजन नेपालीले बताए । 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);