धरानमा खानेपानी समस्या वर्षौदेखि ज्यूँका त्यूँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

धरानमा खानेपानी समस्या वर्षौदेखि ज्यूँका त्यूँ

बसन्त बान्तवा
धरान, १५ फागुन ।
धरानमा खानेपानीको समस्या झनै चुलिदै गएको छ । नेपाल खानेपानी संस्थान धरान खानेपानी बोर्डको गैरजिम्मेवारीका कारण खानेपानीको समस्या झनै चुलिदै गएको होे । स्थानिय जनप्रतिनिधि आएपछि खानेपानी समस्या समाधान हुने विश्वास लिएका धरानबासी अहिले निराश भएका छन् ।

हिउँद लागेपछि धरानमा खानेपानीको चरम अभाव हुने गरेको छ । पानीको जोहोको लागि धरानबासी दिनरात जुट्न बाध्य छन् । एक गाग्री पानी भर्नु ठुलै लडाई जिते सरह हुन्छ धरानबारीका लागि । चुनाबको बेला नेताहरुले बाडेको खानेपानी समस्याको अन्त्य हुने फुस्रो आश्वासन पुरा नभएको नगरबासीको दुखेसो छ ।

दिर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्न एकिकृत शहरी विकास आयोजना अन्तर्गतको खानेपानी परियोजना सम्पन्न भएर धरान खानेपानी बोर्डको स्थापना भइसक्दा समेत नगरबासी पानीका लागि छटपटाइ रहेका छन् ।

संस्थान र बोर्डबीचको आन्तरिक कलहका कारण धरानमा खानेपानी समस्या चुलिएको छ । यी दुवै एक अर्कालाई दोषारोपण गरिरहेका छन् । खानेपानी संस्थानका धरान शाखा प्रमुख रामकुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै बोर्डले जानकारी नदिई इन्टरकनेक्सन गरेकोले खानेपानी व्यवस्थित हुन नसक्ने दावी गरेको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले भने महसुल लिइरहेको संस्थानले नै खानेपानीको आपूर्ति गर्ने दायित्व लिनु पर्ने भन्दै पन्छिएका छन् ।

खानेपानी समस्या विषयका कारण धरानको आठौं नगरसभा समेत प्रभावित बनेको छ । खानेपानी समस्याको सम्बन्धमा जनप्रतिनिधिहरु नै आन्दोलित बनेपछि नगरसभा प्रभावित बनेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);