मार्तडीका नागरिक खानेपानीको अभावले आक्रान्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मार्तडीका नागरिक खानेपानीको अभावले आक्रान्त

मदन विश्वकर्मा
बाजुरा, १४ वैशाख । बाजुरा सदरमुकाम मार्तडीका नागरिक खानेपानीको अभावले आक्रान्त भएका छन् । मार्तडीका ३० हजार नागरिक खानेपानीबाट बञ्चित भएका छन् । महिना दिनसम्म पनि धारामा पानी नआएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

बाजुरा सदरमुकाम मार्तडी खानेपानीको अभावले आक्रान्त भएको छ । सदरमुकामसँगै जोडिएको बडीमालिका नगरपालिकाले खानेपानी व्यवस्थापन गर्न नसक्दा चरम अभाव भएको हो । मार्तडीका ३० हजार नागरिक खानेपानीबाट बञ्चित भएका छन् ।

महिना दिनसम्म पनि धारामा पानी नआएको भन्दै स्थानीय आक्रोशित भएका छन् । एउटा मात्र धारामा पानी आउने भएकाले पानी भर्नको लागि स्थानीय दिनभर लाईनमा बस्न बाध्य छन् ।

बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापन गर्नकै लागि चालु आर्थिक वर्षमा झण्डै २ करोड रकम विनियोजन गरेको छ । तर खानेपानी व्यवस्थापनका लागि ट्याङ्कीहरु बनाइएको छैन ।

मुहानमा खानेपानी भएपनि नगरपालिकाले व्यवस्थापन नभएको सरोकारवालाको भनाई छ । उता नगरपालिकाले भने ५ बर्षभित्र खानेपानी समस्या समाधान हुने प्रतिक्रिया दिएको छ । बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका मार्तडीबासीले दीर्घकालीन रुपमा समस्या समाधान गर्न जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);