बझाङमा खानेपानीको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बझाङमा खानेपानीको चरम अभाव

ललित सिंह, बझाङ

बझाङ, २१ वैशाख । बझाङ जिल्लाको ग्रामिण भेगका जनता खानेपानीको अभावले आक्रान्त बनेका छन् । केन्द्रमा प्रधानमन्त्री र मन्त्रीहरुले समृद्धिका ठूल्ठूला योजनाको तयारी गरेको बताइरहँदा बझाङबाजी भने एक घैला पानीका लागि दिनरात गुजानुपर्ने बाध्यता झेलिरहेका छन् ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकासहित खप्तडखान्ना गाउँपालिका, केदारस्यूँ गाउँपालिका, टलकोट गाउँपालिका, मस्का गाउँपालिका, साइपल गाउँपालिका लगायतमा पानीको अभाव छ ।

एउटा धारामा सयभन्दा बढी परिवारको घुइँचो लाग्ने हुँदा एक घैला पानीका लागि ५ घण्टाभन्दा बढी समयसम्म कुनुपर्ने बाध्यता छ । अभिभावक काममा जाने र आफ्ना बालबालिकालाई धाराको लाइनमा बस्न पठाउँदा बालबालिको पठन पाठन समेत प्रभावित बनेको छ ।

पानी अभावले आक्रान्त बनेका बझाङबासीले स्थानीय सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । धारामा पानी भर्ने निहुँमै कहिले काँही स्थानीयबीच कुटाकुट पनि हुने गरेको छ । स्थानीयका अनुसार पानीकै अभावले कतिपय अवस्थामा चिउरा खाएर सुत्नुपर्ने बाध्यता झेलिरहेका छन्, बझाङबासीले ।

धारामा पालो नपाउनेहरु सिधै खोलाबाट ल्याएको अप्रशोधित पानी पिउँछन् । त्यसका लागि पनि कम्तिमा दुई घण्टा हिँडेर खोलासम्म पुग्नपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);