पोल ढलेका कारण कपिलवस्तुका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोल ढलेका कारण कपिलवस्तुका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध

कपिलवस्तु, २१ वैशाख । बुधबार रातिको हावाहुरीले पोल ढालेपछि कपिलवस्तुका विभिन्न ठाउँमा अझै पनि विद्युत सेवा अवरुद्ध छ । सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रमा बुधबार राति ११ बजेदेखि नै विजुली बन्द भएको हो।

तौलिहवा–लुम्बिनी सडक खण्ड अन्तर्गत तौलिहवा देखि लुम्बिनी क्षेत्रसम्म नै बिजुली छैन् । लुम्बिनीबाट तौलिहवातर्फ ३३ केभीको बिद्युत पोल ढल्दा ४८ स्थानमा तार भुईमा लत्रिएका कारण बिजुली अबरुद्ध बनेको छ ।

केही ठाउँमा ढलेका पोल उठाउने काम भइरहेपनि विद्युत सेवा संचालनमा आउने टुंगो भने छैन । जसले गर्दा करिब ३० हजार लाभ्रग्राही मर्कामा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);