अमेरिकाको दक्षिणी क्षेत्रमा वर्षासँगै आएको आँधी र बाढीले सयौं घरबारविहीन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अमेरिकाको दक्षिणी क्षेत्रमा वर्षासँगै आएको आँधी र बाढीले सयौं घरबारविहीन

एजेन्सी,१ असाेज । संयुक्त राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा वर्षासँगै आएको आँधी र बाढीले जनजीवन प्रभावित बनेको छ । स्याली नामको आँधीले अमेरिकाको फ्लोरिडा, पेन्साकोलाका अधिकांश घरहरु भत्केका छन् भने सयौं घरबारविहीन बनेका छन् ।

दर्जनौ घरहरु डुबानमा पर्नुका साथै यातायात सेवासमेत अवरुद्ध भएको छ । आँधीका कारण ठाउँ ठाउँमा पोल ढलेका कारण विद्युत् आपूर्तिसमेत बन्द भएको छ । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

आँधीका कारण धेरै सवारी साधनमा क्षति पुगेको छ । पेन्साकोलाबाट अलाबामातर्फ अघि बढेको आँधीले पु¥याउन सक्ने क्षति न्यूनिकरणका लागि अलाबामाका सर्वसाधारणलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

महासागरहरुको शक्तिशाली आँधीका रुपमा चिनिने यो आँधीले अझै धेरै हानी नोक्सानी पु¥याउन सक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);