म्याङ्कुट आँधी अमेरिका, फिलिपिन्स हुँदै हङकङ प्रबेश ( भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

म्याङ्कुट आँधी अमेरिका, फिलिपिन्स हुँदै हङकङ प्रबेश ( भिडियो सहित )

typhoon hongkong

एजेन्सी , ३१ भदौ । अमेरिका,फिलिपिन्स पछि हंङकङमा भारि बर्षा सँगै शक्तिशालि आँधी आएको छ । यसबाट चीनको दक्षिणी तटीय क्षेत्र प्रभावित बनेको छ । शक्तिशालि आँधी हङकङमा प्रवेश गरेपछि एक सय भन्दा बढि मानिसहरु घाइते भएका छन् । त्यहा पहिरो जाने चेतवानि पनि दिइएको छ ।

हंङकङ अन्र्तराष्ट्रिय विमानस्थलमा ८ सय भन्दा बढि उडानहरु रद्ध गरिएको छ । यो उडान रद्धबाट एक लाख हवाई यात्रुहरु प्रभावित भएका छन् । यसअघि फिलिपिन्समा आएको आँधि र भारि वर्षाले २५ जनाको मृत्यु भएको छ । यसैगरी अमेरिकामा आँधीकै कारण ११ जनाको मृत्यु भएको छ ।

अमेरिका फिलिपिन्स हुदै आँधिको कहर चिनको हंङकङ सम्म पुगेको छ । हंङकङमा सन् २०१८ कै सबैभन्दा आँधी आएपछि त्यसबाट बाँच्न घरभित्र रहन सरकारले सुचना प्रवाह गरेको छ । १ सय १७ किलोमिटर प्रतिघण्टा रफ्तारमा आएको आँधीले जनजिवन अस्तव्यस्त बनाएको छ ।

चिनको दक्षिणी तटबाट प्रवेश गरेको आँधीले १ सय भन्दा बढि व्यक्तिहरुलाई घाइते बनाएको छ । विद्युत आपुर्ति आँधीकै कारण ठप्प बनेको छ । हावाहुरिकै कारण धेरै जसो पसल र सार्वजनिक सेवा बन्द रहेका छन ।

हंङकङ विमान स्थलमा ८ सय भन्दा बढि उडानहरु रद्ध गरिदा झण्डै १ लाख यात्रुहरु प्रभावित बनेका छन । राष्ट्रिय मौसम विज्ञान केन्द्रले आँधिबाट जोगिन एउटा सुरक्षाको उपाय अपनाउन आह्वान गरेको छ । आँधीबाट जोगिन सुचना जारी हुदाहुदै बेवास्ता गर्ने मध्येका केहि व्यक्तिहरु आँधिको चपेटामा परेका छन् ।

उता फिलिपिन्समा म्याङ्कुट आँधीले २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको लुजोन द्धिपमा उत्पात मचाएपछि सो आँधी चिनतर्फ बढ्दै गएको छ । फिलिपिन्समा घरको छतपनि उडाएको र सडकका रुखहरु पनि ढालेका छन् । ४२ ठाउँमा पहिरो गएको छ । फिलिपिन्समा आँधीका कारण ५० लाख मानिसहरु प्रभावित बनेका छन् ।

 फिलिपिन्समा सन् २०१३ मा यस्तै प्रकारको आँधीमा ७ हजार भन्दा बढि व्यक्तिहरुले ज्यान गुमाएका थिए । मंगलबार सम्म म्याङ्कुट आँधी कमजोर पर्ने मौसम विद्हरुले बताएका छन् ।

यसअघि अमेरिकाको उत्तर केरोलिनामा आएको फ्लोरेनस आँधीका कारण ११ जनाको मृत्यु भएको थियो । भारी बर्षा सँगै यो आँधी पछिल्लो २० वर्षको रेकर्ड तोडेको मौसम विद्हरुको दावि रहेको छ । सो आँधि शुक्रबार बाटै अमेरिकामा क्षेति पु¥याउन थालेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);