फिलिपिन्समा आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फिलिपिन्समा आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित

एजेन्सी, १६ कार्तिक । फिलिपिन्समा शक्तिशाली आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली मानिएको गोनी नामको आँधी २ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

दक्षिणी फिलिपिन्सको क्याफेन्डुआनेस टापुमा आएको आँधीका कारण हजारौं नागरिक घर छाडेर भागेका छन् । फिलिपिन्सको मौसम विभागका अनुसार यो आँधी पश्चिम दक्षिणतर्फ अघि बढेकाले सो स्थानमा उच्च सतर्कता अपनाइएको छ ।

आँधीका कारण बन्दरगाह र विमानस्थहरु बन्द गरिएको छ । प्रभावितहरुलाई शिक्षण संस्था, सरकारी कार्यालय र जिमखानाहरुमा प्रभावितहरुलाई राखिएको छ । कोरोना संक्रमण बढिरहेका बेला आँधीबाट जोगिन थप सतर्कता अपनाउन सरकारी अधिकारीहरुले आग्रह गरेका छन् ।

फिलिपिन्समा हरेक वर्ष २० भन्दा बढी आँधी आउने गर्छन् । गत हप्ता मात्र मोलाभ आँधीका कारण २२ जनाको मृत्यु भएको थियो भने करोडौंको भौतिक संरचना क्षतिग्रस्त भएको थियो । यसअघि सन् २०१३ मा आएको हैयान आँधीका कारण ६ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);