फिलिपिन्समा आँधी : २ लाख जना भन्दाबढी प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फिलिपिन्समा आँधी : २ लाख जना भन्दाबढी प्रभावित

philipins adhi

एजेन्सी, १७ मंसिर । मध्य फिलिपिन्समा आएको कमुरी आँधीका कारण २ लाख जना भन्दाबढी प्रभावित भएका छन् । आँधीपछि बाढी र पहिरो आउने डरले हजारौं सर्वसाधारणलाई समुद्री तट र हिमाली क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरिएको छ ।

लुजोन टापुको दक्षिणी क्षेत्रबाट सुरु भएको आँधी देशको मध्य क्षेत्रतर्फ बढ्दै गएपछि राजधानी मनिलामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललगायत सार्वजनिक यातायात पनि अवरुद्ध भएको बीबीसीले जनाएको छ । आँधीका कारण दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरुसमेत प्रभावित भएको र कतिपय उडानलाई अन्यत्रै डाइभर्ट गरिएको बताइएको छ ।

प्रभावित क्षेत्रका विद्यालय तथा सार्वजनिक र सरकारी संस्थानहरु बन्द गरिएको छ । फिलिपिन्समा हरेक वर्ष आउने २० भन्दाबढी शक्तिशाली आँधीका कारण हजारौं प्रभावित हुँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);