दक्षिणी फिलिपिन्समा टेम्बिन नामक आँधीका कारण १०० जनाको मृत्यु, कयौं वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, ८ पुष । दक्षिणी फिलिपिन्समा टेम्बिन नामक आँधीका कारण १०० जनाको मृत्यु भएको छ ।

आँधीमा परी कयौं हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आँधीपछि मिन्डनाउ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्तिएको छ । टुबोड र पिआगापो शहर बढी प्रभावित भएका छन् ।

प्रतिघण्टा ८० किलोमिटरको गतिमा आएको आँधी मिन्डनाउ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको छ । टुबोडका एक प्रहरी अधिकारीले उक्त शहरमा कम्तीमा १९ जनाको मृत्यु भएको जनाएका छन् । टुबोडदेखि १० किलोमिटर पूर्वमा पर्ने पिआगापोमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

 

बाँकी दुईवटा शहरमा थप मानिसहरुको मृत्यु भएको बताइएको छ । एक हप्ताअघि काइ टाक नामक आँधीका कारण मध्य फिलिपिन्समा दर्जनौं मानिसको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);