संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध, चीन र रसिया पनि प्रतिबन्धको पक्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पेट्रोलियम पदार्थको आयात ९० प्रतिशत कटौती हुने 

एजेन्सी, ८ पुष । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रले उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका छन् ।

 

उत्तर कोरियाको पछिल्ला आणविक गतिविधिलाई रोक्न कडा प्रतिबन्ध लगाउने विषयमा परिषद्मा भएको मतदानमा प्रतिबन्ध लगाउने पक्षमा शतप्रतिशत मत खसेको छ । उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार चीन र रसियाले समेत नयाँ प्रतिबन्धको पक्षमा मतदान गरेका छन् । परिषद्मा सदस्य रहेका १५ वटै मुलुकले प्रस्तावको पक्षमा मतदान गरेका छन् । प्रस्तावको पक्षमा मतदान भएसँगै उत्तर कोरियाको तेल आयात ९० प्रतिशत कटौती हुने भएको छ । अमेरिकाले तयार पारेको प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्म कटौती हुनुपर्ने, उत्तर कोरियाली नागरिकलाई २ वर्षभित्र स्वदेश फर्काउनुपर्ने, उत्तर कोरियाले गर्ने मेसिनरी तथा बिद्युतीय सामग्री निर्यातमा प्रतिबन्ध लगाउने लगायत विषय समावेश छन् ।

 

उत्तर कोरियामाथिको नयाँ प्रतिवन्ध सम्बन्धी प्रस्तावको पक्षमा मतदान भएकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर्फत खुशी व्यक्त गर्नुभएको छ । उहाँले विश्वले मृत्यु नभई शान्ति चाहेको प्रतिक्रिया दिनुभएको छ । उत्तर कोरियाले यसअघि नै अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली संघका दर्जनौं प्रतिबन्धहरु झेल्दै आएको छ ।

 

संयुक्त राष्ट्र संघ र विश्व समुदायले पटक–पटक उत्तर कोरियालाई परमाणु कार्यक्रम बन्द गर्न चेतावनी दिएपनि उसले भने एक पछि अर्को गर्दै परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);