संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साउन २२ , काठमाण्डौँ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन सहमत भएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणपछि बसेको सुरक्षा परिषद् बैठकमा उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमति जुटेको हो ।
उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सुरक्षा परिषद् बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ । पारित प्रस्ताव अनुसार उत्तर कोरियाका विशेषज्ञमाथि प्रतिबन्ध लागेको छ भने उत्तर कोरियामा गरिँदै आएको लगानीमा पनि कटौती हुनेछ । यस्तै कोइला, कच्चा धातु लगायतका सामान निर्यातमा रोक लागेको छ । उत्तर कोरियाले वार्षिक ३ अर्ब डलर बराबरको सामान निर्यात गर्दै आएको थियो ।
उत्तर कोरियामाथिको नयाँ प्रतिबन्ध कुनै पनि देशमाथि लागेको अहिलेसम्मकै सबैभन्दा कठोर प्रतिबन्ध भएको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताउनुभयो । उत्तर कोरियाले गएको जुलाईमा दुईवटा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);