उत्तर कोरियाद्वारा अमेरिकालाई चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

साउन २४ , काठमाण्डौँ । उत्तर कोरियाले आफ्नो देशमाथि लगाइएको प्रतिबन्धको मूल्य अमेरिकाले चुकाउनुपर्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मत पारित भएपछि उत्तर कोरियाले अमेरिकालाई मूल्य चुकाउनुपर्ने चेतावनी दिएको हो । उत्तर कोरियाले आफूमाथि प्रतिबन्ध लगाउन अमेरिकाको सबैभन्दा ठूलो हात रहेको ठहर गर्दै त्यसको परिणाम भोग्न अमेरिकालाई गाह्रो पर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले आफ्नो देशमाथिको प्रतिबन्धलाई सार्वभौमसत्तामाथिको आक्रमण भनेको छ । फिलिपिन्समा आयोजित क्षेत्रीय सम्मेलनका क्रममा उत्तर कोरियाका प्रवक्ता बैंङ्ग क्वाङ्ग ह्युकले कोरियाली प्रायद्वीपका केही स्थानको खराव अवस्था र परमाणु कार्यक्रमको सम्पूर्ण जिम्मेवारी अमेरिकाको भएको आरोप लगाउनुभयो ।

यसअघि दक्षिण कोरियाले राखेको वार्ता प्रस्ताव उत्तर कोरियाले अस्वीकार गरेको थियो । साथै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम जारी रहने बताएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);