अमेरिकालाई चुनौती : उत्तर कोरियाद्वारा फेरी तीन क्षेप्यास्त्र परीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, १० भदौ । उत्तर कोरियाले फेरी सानो दूरीका तीनवटा बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। उत्तर कोरियाले एक भन्दा बढी प्रोजेक्टाइल पूर्वी तटीय क्षेत्रमा प्रहार गरेको दक्षिण कोरियाका अधिकारीले बताएका छन्।

 

गंग्वोन प्रान्तको तटीय क्षेत्रबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको र त्यो मिसाइल दुई सय ५० किलोमिटरसम्म पर पुगेको दक्षिण कोरियाका अधिकारीले दाबी गरेका छन्। उत्तर कोरियाले गएको महिना अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि कोरिया प्रायद्विपमा तनाव बढेको छ।


त्यसलगतै अमेरिकाको पहलमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध कडा पारेको छ । अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछिको परिस्थितिमा उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी भूमि गुआममा परमाणु आक्रमण गर्ने चेतावनी पनि दिएको थियो। तर उत्तर कोरियाले पछिल्लो पटक परीक्षण गरेको मिसाइल गुआमका लागि कुनै चुनौती नरहेको अमेरिकी सेनाले जनाएको छ।

 

उत्तर कोरियाले शनिबार बिहान तीनवटा मिसाइ प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ। उत्तर कोरिायाले पहिलो मिसाइल शनिबार बिहान साढे दुई बजे प्रहार गरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयलले जनाएको छ । त्यसको ३० मिनेट भित्रमा थप दुईवटा मिसाइल प्रहार भएको बिबिसीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);