अमेरिकाको टेक्सासमा समुद्री तुफान आउँदै, नागरिकलाई सर्तक रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, १० भदौ । अमेरिकाको टेक्सास राज्यमा हार्वे नामक समुद्री तुफानका कारण ठूलो क्षति हुन सक्ने चेतावनी दिइएको छ ।

टेक्सास राज्यका गभर्नरले हार्वे तुफान निकै ठूलो त्रासदी बन्ने खतरा रहेको बताउनुभएको छ । हार्वे तुफान अहिले मेक्सिकोको खाडी क्षेत्र हुँदै टेक्सासतर्फ अघि बढिरहेको छ । हार्वे तुफान स्थानीय समय अनुसार आज टेक्सासको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ । तुफानका कारण पहिरो तथा ठूलो पानी पर्ने सम्भावना रहेको टेक्सासका गभर्नर ग्रेग एबटले बताउनुभयो । तुफानको गति दुई सय १५ किलोमिटर प्रतिघण्टासम्म हुन सक्ने अनुमान छ ।

पछिल्लो १२ वर्षमा आएका तुफानमध्ये हार्वे सबैभन्दा खतरनाक हुन सक्ने भन्दै प्रान्तीय गभर्नर एबटले संघीय मद्दतका लागि आह्वान गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);