तुफानले अस्तव्यस्त बनाएको टेक्सासमा पुनः बाढीको त्रास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एजेन्सी, ११ भदौ । अमेरिकाको टेक्सासमा समुद्री तुफान हार्वेले पुर्याएको क्षतिभन्दा अब वर्षातसँगै आउन सक्ने बाढीका कारण झन् ठुलो क्षति हुने अनुमान गरिएको छ ।

 

उक्त बाढिबाट हुन सक्ने क्षतिको लागि सतर्कता अपनाउन टेक्सासका गभर्नरले नागरिकलाई निर्देशन गराएका छन् ।

त्यस्तै समुद्री तुफान हार्वेका कारण अमेरिकाको टेक्सासको जनजीवन अस्तव्यस्त भएको छ ।

दुई सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको तुफान टेक्सासको तटीय क्षेत्र हुँदै मध्य क्षेत्रतर्फ प्रवेश गरेपछि जनजीवन अस्तव्यस्त भएको हो ।

 

हार्वे आँधीका कारण तटीय क्षेत्रका केही घर भत्किएका छन् भने सहरी इलाकाका धेरै रुख ढलेका छन् । भत्किएका घरमा दर्जनौं मानिस फसेको हुन सक्ने आशंका गरिएको छ ।

टेक्सासको तटीय क्षेत्रमा बिजुली सेवा बन्द भएको छ । आगलागीका कारण एक जनाको मृत्यु भएको छ भने अन्य हताहतीका बारेमा खबर आइनसकेको बीबीसीले जनाएको छ ।

 

साही आँधीका कारण लाखौँ सर्वसाधरण अध्यारोमा बस्न बाध्य छन् । आँधीकाले रकपोर्ट शहरमा बढी प्रभाव पारेको छ । अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले तुफानले ठूलो विपत्ति तथा बाढी आउने चेतावनी दिएको छ ।

अबको केही दिन टेक्सासमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । पछिल्लो १२ वर्षयता अमेरिकी भूमिमा प्रवेश गरेको यो सबैभन्दा ठूलो समुद्री आँधी हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);