इन्डोनेसियामा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु

एजेन्सी, १३ असोज । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परेर पाँच जनाको मृत्यु भएको छ । इन्डोनेसियाको तटीय क्षेत्रमा ७ दशमलब ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पपछि आएको सुनामीका कारण ५ जनाको मृत्यु भएको बताइएको छ । सुनामीका कारण त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । स्थानीय प्रशासनले सुनामीको खतराको संकेत गरेको केही समयमा सुलावेसी टापुमा २ मिटर अग्ला सामुन्द्रिक छालसहितको सुनामी आएको हो ।

सुनामीका कारण तटीय क्षेत्रका अधिकांश संरचनाहरु भत्किएका छन् ।स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।

इन्डोनेशियामा गत महिनामात्रै लोमबोक टापुमा आएको भूकम्पका कारण सयौंको मृत्यु भएको थियो ।