इण्डोनेसियामा सुनामीमा परेर मृत्यु हुनेको संख्या ४ सय २८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इण्डोनेसियामा सुनामीमा परेर मृत्यु हुनेको संख्या ४ सय २८ पुग्यो

एजेन्सी, १० पुस । इन्डोनेसियामा गत शनिबार भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४सय २८ पुगेको छ ।

सुनामीका कारण एक हजार २१ जना घाइते भएका छन । ७७ जना अझै बेपत्ता छन् । हजारौं मानिस बिस्थापित भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जनाएको छ । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको बिभागको भनाई छ ।

इन्डोनेसियाको सुन्डा स्त्राइटको तटीय क्षेत्रमा गत शनिवार भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीका कारण मृत्यु हुनेहरुको संख्या बढ्दै गएको जनाइएको छ । प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौं भवन ध्वस्त भएको जनाइएको छ । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने जनाइएको छ ।

भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् । यस वर्ष मात्रै इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि, जुन, अगस्ट र सेप्टेम्बर महिनामा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २ सय व्यक्तिको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);