अमेरिकाको सरकारी हिरासतमा रहेका ८ वर्षका आप्रवासी बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकाको सरकारी हिरासतमा रहेका ८ वर्षका आप्रवासी बालकको मृत्यु

aaprabasi death

काठमाडौं, ११ पुस । अमेरिकाको सरकारी हिरासतमा रहेका ८ वर्षका आप्रवासी बालकको ज्यान गएको छ ।

मेक्सिकोसँग जोडिएको सीमाबाट अमेरिका प्रवेश गरेका ग्वाटेमालाका ती बालकलाई अवैध आप्रवासी रहेको भन्दै अमेरिकी सरकारी संयन्त्रले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । बालकको हिरासतमै रहेका बेला निधन भएको अमेरिकाको आप्रवासन सम्बन्धी कार्यालयका अधिकारीले बताएका छन् ।

मध्य अमेरिकी देशहरुबाट अमेरिका प्रवेश गर्नका लागि आएका क्यारावान आप्रवासी मेक्सिकोको सीमा हुँदै अमेरिका पुगेका हुन् । अमेरिकी अधिकारीले मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गरेकाहरुलाई पक्राउ गर्ने गरेका छन् । अहिले निधन भएका ८ वर्षे बालकको उपचार गर्ने क्रममा निधन भएको सीमा क्षेत्रमा खटिएका अमेरिकी अधिकारीले बताएका छन् ।

यसरी मेक्सिकोसँग सीमा जोडिएको क्षेत्रबाट अमेरिका प्रवेश गरेर पक्राउ गरी हिरासतमा राखिएका मध्ये यो महिना दुई बालबालिकाको ज्यान गएको छ । यसअघि ग्वाटेमालाबाट अमेरिका आएकी सात वर्षकी बालिकाको हिरासतमा लिएको केही घण्टापछि नै निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);