मेक्सिकोको सीमामा पर्खाल, अवैध आप्रवासीलाई घर फिर्ता, यस्ताछन् ट्रम्पका नयाँ घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

मेक्सिकोको सीमामा पर्खाल, अवैध आप्रवासीलाई घर फिर्ता, यस्ताछन् ट्रम्पका नयाँ घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने सम्बन्धी कार्यकारी आदेश जारी, अबैध आप्रवासी बसोबार गर्ने सहरहरको बजेट कटौतीको तयारी

मेक्सिकोको सीमामा पर्खाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पार गर्न नसकिने पर्खाल बनाउने सम्बन्धी कार्यकारी आदेश जारी गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउने सम्बन्धी निर्देशनमा हस्ताक्षर गर्दै यसमा तत्काल काम सुरु गरिने बताउनुभएको छ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा भएको एक विशेष कार्यक्रमका बिच ट्रम्पले मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिणी सीमामा दुई हजार माइल भन्दा लामो पर्खाल बनाउने सम्बन्धी निदेर्शनमा बुधबार हस्ताक्षर गर्नुभएको हो ।

यसले अवैध आप्रवासी र लागुऔषधको कारोबारलाई रोक्ने ट्रम्पको दाबी छ । चुनावी अभियानकै क्रममा ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने बताउँदै आउनुभएको थियो ।

यस्तै गैरकानुनी आप्रवासीको बसोबास बढी रहेको तथा त्यस्ता अप्रवासीलाई आश्रय दिएका अमेरिकी शहरलाई दिइने सहयोग कटौती सम्बन्धी दस्तावेजमा पनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले पर्खाल बनाउने खर्च मेक्सिकोले पनि बेहोर्नु पर्ने बताउनुभएको छ ।

तर मेक्सिकोले भने अस्वीकार गर्दै आएको छ । अर्बौं डलर खर्च हुने यो प्रस्तावका लागि ट्रम्पले कांग्रेसको स्वीकृति लिनु पर्छ ।

ट्रम्पले देशको सुरक्षा बढाउने सम्बन्धी अर्को एक प्रस्तावमा पनि हस्ताक्षर पनि गर्नुभएको छ ।

ट्रम्पले बिद्रोहीको आरोपमा पक्राउ परेकासँग गरिने सोधपुछको तरिकामा पनि समीक्षा गर्ने तयारी गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);