मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि १ अर्ब डलर निकासा | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि १ अर्ब डलर निकासा

mexico parkhal

निकासा भएको बजेट ९१ किलोमिटर लामो पर्खाल निर्माणमा खर्चिने

काठमाडौं, १२ चैत । अमेरिकी रक्षामन्त्रालय पेन्टागनले मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि एक अर्ब डलर निकासा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कांग्रेस अर्थात संसदलाई छल्न आपत्कालीन अवस्थाको घोषणा गरेपछि पर्खाल निर्माणका लागि निकासा गरिएको यो पहिलो चरणको रकम हो ।

यो रकमबाट ५ मिटर अग्लो ९१ किलोमिटर लामो पर्खाल निर्माणमा खर्च गरिनेछ ।ट्रम्पले चुनावी अभियानका क्रममै मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा संकटपूर्ण अवस्था रहेको भन्दै अपराधी प्रवेश रोक्न पर्खाल निर्माण आवश्यक रहेको बताएका छन् ।ट्रम्पले कांग्रेस (संसद)समक्ष पर्खाल निर्माणका लागि ६ अर्ब डलर माग गर्दा अस्वीकार गरेपछि उनले गत फेब्रुरुअरी १५ मा आपत्कालीन अवस्थाको घोषणा गरेका थिए ।

आपत्कालीन अवस्था घोषणा गर्दै उनले प्रतिरक्षा बजेटबाट भएपनि पर्खाल बनाउने दृढता व्यक्त गरेका थिए ।विपक्षी डेमोक्रयाटहरुले भने ट्रम्पको घोषणालाई असंवैधानिक बताउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);