चीनले ३०० एयरबस किन्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

चीनले ३०० एयरबस किन्ने

jet airbus

पेरिस, १३ चैत । चीनले युरोपेली विमान निर्माण कम्पनी ‘एयरबस’ सँग ३ सयवटा जेट किन्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको फ्रान्स भ्रमणका बेला दुई पक्षबीच जेट खरिद सम्झौता भएको हो ।

राष्ट्रपति सीले ‘ए–३२०’ र ‘ए–३५० एक्सडब्लूबी’ विमान खरिदबारे सम्झौतापत्रमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानको मूल्य ३ खर्ब ५० अर्ब अमेरिकी डलर पर्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अमेरिकी विमान निर्माण कम्पनी बोइङका दुईटा ‘७३७ म्याक्स’ जहाज ५ महिनाको अवधिमा दुर्घटनामा परेपछि चीनले एयरबससँग पछिल्लो सम्झौता गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);