प्रशान्त महासागरमा अमेरिकी बन्दरगाह ध्वस्त पार्न चीनले गर्‍यो यस्तो परीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रशान्त महासागरमा अमेरिकी बन्दरगाह ध्वस्त पार्न चीनले गर्‍यो यस्तो परीक्षण

china

एजेन्सी । चीनले पहिलो पटक समुद्रभित्र बिस्फोटक परीक्षण गरेको छ । अमेरिकासँग वास्तविक युद्ध भएमा उसको बन्दरगाह ध्वस्त पार्न यस्तो परीक्षण गरिएको बेइजिङले जनाएको छ । परीक्षण गरिएको पछिल्लो प्रविधिप्रति वासिंगटनले चासो देखाएको छ ।

यसअघि चीनले शत्रु मुलुकको लडाकू विमान ध्वस्त पार्ने रकेट र आवाजभन्दा चाँडो पुग्ने स्याटलाईट परीक्षण गरेको थियो । एउटा नक्कली बन्दरगाहलाई निशाना बनाएर समुद्रभित्र गरिएको परीक्षणमा ठूलो बिस्फोट भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

प्रशान्त महासागरमा अमेरिकी गतिविधिलाई निशाना बनाउन तथा शत्रुको सम्भाव्य हमलाबाट हुने क्षति न्यून गर्न पछिल्लो परीक्षण गरिएको सो पत्रिकाले जनाएको छ । यस्तो हमलाले शत्रुको विमानलाई समुद्रमा तैरिरहन जोगाउने उपकरणलाई क्षति पुर्‍याउने चीनको दाबी छ ।  

‘बन्दरगाहमा आक्रमणसँगै शत्रुको उपकरण कमजोर बनाउने र लडाकु फौजलाई तितरबितर बनाउनेछ,’ चीनका एक सैन्य विज्ञले भने । तर, चीनले परीक्षण गरेको सो प्रविधि अन्य स्याटलाइट कब्जा गर्न पनि प्रयोग हुने अमेरिकाको भनाई छ । बेइजिङले जुलाई र अगस्टमा पनि आणविकयुक्त हतियार परीक्षण गरेको थियो । गुप्तचर स्रोतको चुहावटपछि मात्र यसै साता त्यसको खुलासा भएको थियो । 

यसअघि चीनले परीक्षण गरेको उपकरणले तीब्र गतिमा पृथ्वीको परिक्रमा गरि मार हान्न सक्ने जनाइएको थियो । सो उपकरणलाई शत्रुको रक्षा प्रणाली ध्वस्त पार्ने सोभियत युनियनकालीन समयका आणविक प्रणाली एफओबीएससँग तुलना गरिएको छ । परीक्षण स्वीकार गरे पनि त्यसमा आणविक हतियार जडान नगरिएको बेइजिङले जनाएको छ । एक साताअघि राष्ट्रपति सी जिनपिङले हतियार विकासमा नयाँ आधार तोडेर विश्वकै एक नम्बरको सेना बनाउन चिनियाँ वैज्ञानिकहरुलाई निर्देशन दिएका थिए । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);