उत्तर कोरियालाई लक्षित गर्दै अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, ५ भदौ । उत्तर कोरियाबाट हुनसक्ने हमलाको तयारी स्वरुप संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले आज सोमबारबाट संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। यस्तो प्रकृतिको सैन्य अभ्यास वर्षमा दुई पटक हुने गर्छ तर प्योङ्याङ र वासिङटनबीच तनाव चुलिएको समयमा यस पटक तालिम हुन लागेको छ।

 

एउटा उत्तर कोरियाली अखबारले अमेरिकाले युद्धको खेल खेलेर आगोमाथी प्रजवलनशील पदार्थ खनाइरहेको चेतावनी दिएको छ। यसपटकको सैन्य अभ्यास दश दिन भन्दा बढी समयसम्म चल्नेछ र कमाण्ड तहका संरचनाहरुलाई कम्प्युटर प्रविधिको प्रयोग गरी परीक्षण गर्नेमा केन्द्रीत रहनेछ।

 

केही स्थल अभ्यास पनि हुने अपेक्षा गरिएको छ जसमा गैरसैनिकको उद्दार लगायतका पक्ष समेटिने छन्। अघिल्लो पटकको तुलनामा कम अमेरिकी सैनिकहरु यसपटकको अभ्यासमा सहभागी छन्। तर अमेरिकी रक्षा मन्त्रीले उत्तर कोरियासँगको तनावका कारणले नभइ अभ्यासको आवश्यकताका आधारमा संख्या निर्धारण गरिएको बताएका छन्।

यस्ता सैन्य अभ्यासले सधैँ प्योङयाङलाई क्रुद्ध बनाउने गरेको छ। गएको अप्रिलमा भएको संयुक्त अभ्यासमा रकेट प्रहार गरिएको थियो । अघिल्लो वर्ष अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास लगत्तै उत्तरले परमाणु परीक्षण गरेको थियो। आइतबार एउटा उत्तर कोरियाली समाचारपत्रले अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासले आगोमा ध्यु थप्नेु टिप्पणी गरेको छ।

 

वासिङटन र प्योङयाङले हालैका दिनमा एक अर्का विरुद्ध कडा वक्तव्यवाजी गरिरहेका छन्। केहि दिन पहिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई हानी पुर्याउन खोजे उत्तर कोरियाले भीषण हमला व्यहोर्नुपर्ने चेतावनी दिएका थिए। त्यस लगत्तै उत्तर कोरियाले प्रशान्त महासागरमा अवस्थित अमेरिकी भुभाग गुआममा क्षेप्यास्त्र आक्रमण गर्नेबारे विचार गरिरहेको प्रतिक्रिया दिएको थियो। – बीबीसी

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);