अमेरिका र उत्तर कोरियाबीचको वार्ता रुसद्वारा स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिका र उत्तर कोरियाबीचको वार्ता रुसद्वारा स्वागत

valadimin putin

एजेन्सी, १ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिगांपुरमा उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–उनले गरेको भेटवार्तालाई रुसका राष्ट्रपति भ्लादिर पुटिनले स्वागत गरेका छन् । रुसका राष्ट्रपतिले उत्तर कोरियाका सर्वोच्च नेता किमलाई सन् २०१८ सेप्टेम्बर महिनामा रुस भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।

सो निमन्त्रणा राष्ट्रपति पुटिनले मस्कोमा उत्तर कोरीयाका सुप्रिम पिपुल्स असेम्वलीका अध्यक्ष किम योगं नामले भेटवार्ता गर्दा दिएका हुन् । त्यसो त, ट्रम्प किम वार्तालाई संसारका बिभिन्न देशले स्वागत गरेका छन् ।

बेलायत र दक्षिण कोरीयाले अमेरीका उत्तर कोरीयाबीचको वार्ताले कोरियाली प्रायद्धिपमा स्थायी शान्तीको नयाँ युग आरम्भ हुने विश्वास व्यक्त गरेका छन् । चीनले उत्तरकोरीया माथिको प्रतिवन्ध हट्नुपर्ने तर्फ बिचार गर्न ध्यानाकर्षण गराएको छ ।

चीनकोे विदेश मन्त्रालयका प्रवक्ता गंगा सुआगंले यसतर्फ ध्यानदिन जोड दिएका हुन् । कोरीयाली प्रायद्धिपमा रहेको अमेरिकी सैनिक जत्था छिटै स्वदेश फर्कने बताइएको छ । अमेरीकी सैन्य अभ्यास कोरीयाली प्रायद्धिपमा बन्द भएपछी ठुलो खाद्य राशी जोगिने रक्षा बिशेषज्ञहरुको दावि छ ।

कोरियाली प्रायद्धिपमा अहिले २८ हजार अमेरिकी सैनिक तैनाथ भैरहेको बताइएको छ । अमेरिका र उत्तरकोरियाबीच सफल वार्ता पछि अमेरिका र दक्षिण कोरियाले गर्दै आएको संयुक्त सैनिक अभ्यास हाललाई बन्द गरिएको छ ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);