इजिप्टमा मुस्लिम ब्रदरहुडका ११ सदस्यलाई मृत्युदण्ड, पाँचलाई २५ वर्ष जेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इजिप्टमा मुस्लिम ब्रदरहुडका ११ सदस्यलाई मृत्युदण्ड, पाँचलाई २५ वर्ष जेल

एजेन्सी, १ असार । इजिप्टको एउटा अदालतले प्रतिबन्धित मुस्लिम ब्रदरहुडका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ । प्रहरीको हत्या र उनीहरुलाई घाइते बनाएको आरोपमा दोषी ठहर गर्दै अदालतले ब्रदरहुडका सदस्यहरुलाई मृत्यु दण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दोषी ठहर गरिएकाहरुले सन् २०१३ मा प्रहरीको गाडीमा आत्मघाती बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

एक अर्को मुद्दामा शारकियाको जगाजिग आपराधिक अदालतले मुस्लीम ब्रदरहुडका पाँच सदस्यलाई २५ वर्षको कैद सजाय सुनाएको छ । इजिप्टमा सन् २०१२ मा पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको कूपछि सुरक्षाकर्मीमाथि आक्रमण बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);