३३ किलो सुन तस्करी प्रकरणः गोरेसहित ६ जनालाई जन्मकैदको फैसला | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

३३ किलो सुन तस्करी प्रकरणः गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

काठमाडौं । ३३ किलो सुन काण्डका नाइके गोरे भनिने चूडामणि उप्रेतीसहित ६जनालाई मोरङ जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश भरत लम्सालको इजलासले उनीहरुलाई उक्त फैसला सुनाएको हो ।

अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद, एकजनालाई ३ वर्ष साथै अर्का एकलाई ६ महिना कैद सजाय तोकेको छ ।

अदालतले तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाशप्राप्त सबै प्रहरी अधिकारीलाई सफाइ दिएको छ ।

Leave a Reply

ताजा समाचार