जनकपुर बमकाण्डः पूर्वमन्त्री टक्लासहित ७ जनालाई जन्मकैद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जनकपुर बमकाण्डः पूर्वमन्त्री टक्लासहित ७ जनालाई जन्मकैद

kaidi jail

जनकपुर, १५ चैत ।  जनकपुर बमकाण्डका दोषी पूर्व राज्यमन्त्री संजय कुमार साह टक्ला सहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो ।

अदालतले पूर्वमन्त्री टक्लासहित सुरेश कर्ण, रिपेन्द्र झा, अर्जुन सिंह भनिने मुकेश चौधरी, जयप्रकश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, मुकेशकुमार कर्णलाई जन्मकैदको फैसला सजाय सुनाएको हो ।

पूर्व राज्यमन्त्री टक्ला २०६४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरमबाट धनुषा–४ तथा दोस्रो संविधान सभा चुनावमा सद्भावनाका तर्फबाट धनुषा–३ बाट विजयी भएका थिए । यो समाचार आजको नेपाल समाचार पत्रमा लेखेको छ ।

२०६९ साल वैशाख १८ गते जनकपुरको रामानन्द चोक भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो । विस्फोटमा विमलशरण दास, रंगकर्र्मी रञ्जु झा, झंगरु मण्डल, दीपेन्द्र दास र सुरेश उपाध्यायको निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);