Our Network

मंसिर १४ २०७८, मंगलबार

प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला

धनगढी । गत वर्षको कात्तिक १ गते तस्करी नियन्त्रणमा खटिएका बेला प्रहरी सहायक निरीक्षक गोविन्द विक र रामबहादुर साउदको हत्या गर्ने मटर तस्करको समूहलाई जन्मकैदको फैसला भएको छ ।
अस्थायी प्रहरी पोष्ट ज्गेडामा कार्यरत प्रहरी साहायक निरीक्षक विक र प्रहरी जवानसाउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको हो । मंगलवार जिल्ला न्यायाधिश जयानन्द पनेरुको इजलासले उक्त मुुद्दाको अन्तिम फैसला गर्दै ९ जनालाई जन्मकैद र एक जनालाई सफाइ दिएको छ ।

उनकाअनुसार मुुख्य योजनाकार धनगढी उपमहानगरपालिका–१० का ३५ वर्षीय सुुकबहादुर राना भनिने अमर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँ बस्ने अर्का रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका–११ बस्ने गोपाल भनिने २५ वर्षीय रामगोपाल रानालाई जन्मकैदको फैसला भएको हो । हत्या अभियोगमा पक्राउ परेका धनगढीका मटर व्यापारी राजिव गुप्ताले भने सफाइ पाएका छन् ।

Leave a Reply