दुई प्रहरीको हत्यामा संलग्न मुख्य योजनाकार सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दुई प्रहरीको हत्यामा संलग्न मुख्य योजनाकार सार्वजनिक

कैलाली, १३ पुष । कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई प्रहरीको हत्यामा संलग्न मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिका वडा नं. १० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको हो ।

तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तस्करहरूको गिरोह र गस्तीमा रहेका प्रहरीबिच दोहोरो झडप भई घटना घटेको प्रहरीको निष्कर्ष छ । घटनामा मुख्य भूमिका रानाकै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताउनुभयो । घटना लगत्तै भारत पसेका रानालाई नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाका आधारमा पौष १२ गते बेलुकी सात बजे पक्राउ गरिएको जबराले बताउनुभयो । 

यस्तै सोही घटनामा यसअघि पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको पनि प्रहरीले बताएको छ । हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१० का राजेन्द्र राना, पर्कु भनिने रोहित राना, गब्बर भनिने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भनिने दलराम राना, गोपाल भनिने रामगोपाल राना र रोहित राना लाई जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि कारागार चलान गरिएको छ । घटनामा संलग्न धनगढीका व्यापारी राजीव गुप्ता १ लाख ५० हजार धरौटीमा छुटेका थिए ।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएका थिए । बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);