भागरथीको हत्यामा संलग्न भट्टलाई प्रहरीले गरे सार्वजनिक (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भागरथीको हत्यामा संलग्न भट्टलाई प्रहरीले गरे सार्वजनिक (भिडियाेसहित)

बैतडी, ५ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका आरोपी दिनेश भट्टलाई सार्वजनिक गरेको हो । घटनामा भएको अनुसन्धानले दिनेशले नै हत्यामा संलग्न भएको देखाएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

घटनाको अनुसन्धानको शिलशिलामा दिनेशले मगंलबार अपराध स्विकार गरेको प्रहरी जनाएको छ । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् ।

२२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा भागरथीको शव फेला परेको थियो । डीआइजी सुवेदीले प्रहरीको अनुसन्धानमा शंका नगर्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);