हत्याको आठ महिना पछि अभियुक्त सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

हत्याको आठ महिना पछि अभियुक्त सार्वजनिक

सुमन महतारा,
गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिका १ छिनुवाखोलामा भएको हत्यामा संलग्न अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ ।

इस्मा गाउँपालिका छिनुवामा होटल संचालन गरेर बस्ने २३ वर्षका मोति बहादुर कुँवरको हत्यामा संलग्न इस्मा गाउँपालिका १ कै सन्तोष कुमाल, रमेश कुमाल र सुशील कुमाललाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरुले प्रहरीसँगको बयानमा हत्या गरेको स्विकार गरेका थिए । उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कुँवरलाई गत भाद्र २१ गते राति कुटपिट गरिएको थियो । अर्को बिहान उनको मृत्यु भएको थियो ।

तीजमा मेला हेर्न जाँदा युवती जिस्काउँदाको रिसका कारण यो घटना भएको अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न रमेश कुमाल १८ वर्ष, सन्तोष कुमाल १८ र शुसिल कुमाल २० वर्षका रहेका छन् । यीनीहरुमध्ये मुख्य अभियुक्त रमेश हुन् भने अरु दुई सहायक मानिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);