Our Network

मंसिर २१ २०७८, मंगलबार

गोंगबु हत्याकाण्डको मुख्य अभियुक्त सार्वजनिक

हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा

काठमाडौं, २७ साउन । गोंगबु हत्याको मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै हत्याको मुख्य अभियुक्त भनिएकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

गत आइतबार दाङका कृष्णबहादुर बोहराको हत्या गरि फरार रहेकी कल्पना मुडभरी पौडेललाई प्रहरीले चितवनमा पक्राउ गरेको थियो । प्रहरीले दाङका कृष्णबहादुर बोहराको निर्ममतापुर्वक हत्या गरि शव टुक्रापारी सुटकेशभित्र फालिएको अवस्थामा फेला परेको थियो । गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा बस्दै आएकी कल्पनाको कोठाबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ ।

कल्पनालाई चितवनबाट सोमबार राती नै काठमाण्डौं ल्याइ आज सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुशन्धानमा हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ ।

अभियुक्त कल्पनाले पनि हत्याको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । प्रहरी सँगको बयानमा नशालु पदार्थ (स्लिपिङ ट्याब्लेट)खुवाएको पछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको बयान दिएकी काठमाडौँ प्रहरीले बताएको छ ।

Leave a Reply