पोखरामा दिनभर नाराबाजी र प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पोखरामा दिनभर नाराबाजी र प्रदर्शन

पोखरा, १० असोज । कञ्चनपुरकी निर्मला पन्त हत्याको घटना सेलाउन नपाउँदै कास्कीमा १० बर्षीय बालिका श्रेया विक सुनार हत्याको घटनाले बुधवार पोखरा दिनभर तनाबग्रस्त बन्यो ।

पुम्दीघुम्दीकी १० बर्षीय बालिका श्रेया बिकलाई बलात्कारको प्रयास पछि हत्या गर्नेलाई कडा कारर्वाही गर्न माग गदै स्थानीयले प्रहरी कार्यालय अगाडी प्रदर्शन गरे ।

पोखराकी १० वर्षीया बालिका श्रेया विकलाई बलात्कार पछि हत्या गरेको आरोपमा कुशुम पौडेललाई कास्की प्रहरीले प्रक्राउ गरेको छ । गत मंगलबार मृत अवस्थामा भेटिएकी १० वर्षिया बालिका विकको घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

अभियुक्त पौडेल छिमेकी हुन् । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका पौडेलले बालिकालाई फकाएर बलात्कारको प्रयास गरेका थिए । तर, बालिकाले प्रतिकार गरेपछि दुबै हातले घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ ।

वालिकालाई ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको अवस्थामा शव फेला परेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिरहेका बेला स्थानीय वासिन्दाले दोषीमाथि कडा कारबाहीको माग गर्दै बुधवार प्रहरी कार्यालय बाहिर नाराबाजी र प्रदर्शन समेत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);