पुष्कर भट्ट
कञ्चनपुर, १९ साउन । कञ्चनपुरमा पाँच बर्षिया बालिकामाथी बलात्कारको प्रयास भएको छ । गत हप्ता मात्र १३ बर्षिया बालिका निर्मला पन्तको बत्लाकार पछि हत्याको घटना सेलाउन नपाउदै फेरि पाँच बर्षिया नाबालिका माथि बलात्कारको प्रयास भएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाकी ५ बर्षिया नाबालिकामाथी ४० बर्षीया लक्ष्मण कोलीले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । आरोपी कोलीलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुर गरेको छ ।
बालिकाका अभिभावक कामका लागि घर बाहिर गएको मौकाछोपी कोलीले बालिकामाथी बलात्कार गर्न खोजेको स्थानीयको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिकालाई मेडिकल जाँच गर्न अस्पताल पठाईएको र बलात्कार प्रयास गर्ने कोलीलाई जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाउने जनाएको छ ।




