पर्वतको जलजलाका २० बर्षिय युवा १४ बर्षिया बालिका बलात्कारको आरोपमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

पर्वतको जलजलाका २० बर्षिय युवा १४ बर्षिया बालिका बलात्कारको आरोपमा पक्राउ

rape n arrest

पर्वत । पर्वतको जलजला गाउँपालिका मा १४ वर्षिया बालिकालाई बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले आरोपित यूवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रअधिकारीका अनुसार पर्वतको जलजला गाउँपालिका–८ का २० वर्षिय नारायण गिरीलाई पक्राउ गरिएको हो।

पर्वत प्रहरीका अनुसार गिरीलाई गत भदौ १४ गते जलजला गाउँपालिका–८ ज्यामिरेमा १४ वर्षिया बालिकालाई करणी गरेको भनि बालिकाकी आमाले प्रहरीमा उजुरी गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो । पिडित भनिएकी बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए लगत्तै प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको कमाण्डमा खटीएर गएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो।

आरोपितका बिरुद्ध भदौ १६ मा करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानाकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार