पर्वत । पर्वतमा लागू औषध कारोबार रोक्न सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालय पर्वतले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका १० घर भई हाल पर्वतको जलजला गाउँपालिका ३ वारी बेनीमा बस्दै आएका २४ वर्षिय नरेन्द्र किसान रहेका छन् ।
कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गत भदौ ६ गते बिहान साढे सात बजेको समयमा बिशेष सुचनाका आधारमा प्रहरी चौकी वारीवेनी पर्वतबाट प्रहरी नायव निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले किसानलाई जलजलाकै मल्लाज चोकबाट पक्राउ गरेको हो ।
उनको साथबाट गाँजा जस्तो देखिने हरियो पदार्थ ५८० ग्राम बरामद भएको र सोमबार पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि इन्स्पेक्टर अधिकारीले जानकारी दिए ।




