गाँजा सेवन तथा बिक्रि गर्ने १० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गाँजा सेवन तथा बिक्रि गर्ने १० जना पक्राउ

चितवन, २४ कार्तिक । राप्ती नगरपालिकाको विभिन्न स्थानबाट गाँजा सेवन तथा बिक्रि गर्ने १० जनालाई ईलाका प्रहरी कार्यालय भण्डाराले पक्राउ गरेको छ।

विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक राजीव गिरी सहितको टोलीले राप्ती नगरपालिका ०४ बाट २ किलो २०० ग्राम गाँजा सहित १ जना, राप्ती १० बाट २ जना र राप्ती नगरपालिका ०२ बाट ७ जना गाँजा सेवन गरिरहेको बेला पक्राउ परेका हुन्।

उनीहरुबाट गाँजा, ट्याबलेट लगायत चकलेट कैँची बरामद गरिएको छ। उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजीव गिरीले बताउनुभयो। केही दिन यता गाँजा सेवनले युवाहरुमा परेको असरलाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय भण्डाराले विशेष ध्यान दिदै आएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);