लागूऔषध गाँजा बोकेको सुमो सहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लागूऔषध गाँजा बोकेको सुमो सहित एक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा बोकेको सुमो सहित १ लाई पक्राउ गरेको छ ।

भिमफेदी गाउँपालिका वडा नम्बर ३ स्थित भैंसे चेक प्वाईन्टमा काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४७३३ नम्बरको सुमो सहित प्रहरीले एकले बिहीबार पक्राउन गरेको हो ।

सुमो चेकजाँच गर्ने क्रममा भागेपछि शंका लागि पिछा गरेर नियन्त्रणमा लिएर चेकजाँच गर्दा सुमोबाट ६ वटा पोकामा रहेको ३४ किलो लागूऔषध गाँजा सहित चालकलाई पक्राउ गरिएको हो ।

पर्सा बिन्दावासिनी गाउँपालिका वडा नम्बर–३ बस्ने २९ वर्षीय चालक रविन्द्र उपाध्यायलाई पक्राउ गरिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले बताए।

गाँजा र सुमो भैसे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रभु राउत कुर्मीको कमाण्डमा खटिएको टोलीले राप्ती बगरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चालक माथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);