कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्ति १६ बर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्ति १६ बर्षपछि पक्राउ

दाङ, २५ कार्तिक । दाङमा प्रहरीले कर्तव्य ज्यान मुद्दाको फरार एक व्यक्तिलाई १६ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ११ कटाहा निवासी ४७ बर्षीय लिलाधर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भण्डारीलाई सर्वोच्च अदालतले २०६१ चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै ५ बर्ष वर्ष कैद सजाय फैसला गरेको थियो ।

उनी सोहि समय देखी फरार भएको र खोजतलास गर्दै जाँदा आइतबार बिहान करिब साढे १० बजे उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । भण्डारीलाई सोमबार दाङ देउखुरी जिल्ला अदालतमा पेश गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);