लगूऔषधसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लगूऔषधसहित २ जना पक्राउ

झापा, २५ कार्तिक । झापाको दमकबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । उनीहरुलाई दमक नगरपालिका–८ बाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक–७ का २८ बर्षीय अमन लिङफेक लिम्बु रहेका छन् ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको शादा पोशाकका प्रहरी टोलीले गएराती सवाँ ८ बजे उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसिक ८३ एम्पुल र ३ थान मोवाइल फेला पारेको छ ।

दुबै जनालाई अंकित कार्कीको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);