ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ

dampati pakrau

उत्तम रिजाल

झापा, ७ माघ । झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट गएराती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका तीन र मोरङका एक जना छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका–८ बाट २ ग्राम ब्राउसुगर, कोरेक्स तिन बोतल, नाईकाभेट १७ ट्याब्लेट र नगद ११ हजार सहित स्थानीय २४ बर्षीय बिनोद पोदार र १८ बर्षीय अजय पोदारलाई मंगलवार राती साँढे ८ बजे पक्राउ गरेको हो ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका–५ बाट कमल गाउँपालिका–५ का २५ बर्षीय प्रकाश फुयाल पक्राउ परेका छन् । उनलाई लुपिजेसिक ४ एम्पुल, प्रोमेथाजिन ४ एम्पुल, र डाईजेलाब ४ एम्पुल गरी १२ एम्पुल लागुऔषधसहित मंगलवार साँझ साँढे ६ बजे प्रहरीले पक्राउ गरेको हो ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका–१६ बाट स्थानीय ३१ बर्षीय राकेश राईलाई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलवार राती सवाँ ९ बजे लागुऔषधसहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);