लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ

pakrau

झापा, ९ पुष । झापा र ईलामका तिन छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधवार दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का २१ बर्षीय संजय तामाङलाई २६ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

मे ८ प ३४२८ नम्बरको मोटरसाईकलमा सवार रहेका तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी झापाकै भद्रपुर नगरपालिका–३ झोलुङगे पुल छेउबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ साँढे ५ बजे भद्रपुर नगरपालिका–२ का ३६ बर्षीय दीपक राई र ३५ बर्षीय शेरबहादुर बस्नेतलाई पक्राउ गरेको हो । मे २ प ४३१८ नम्बरमा सवार रहेका निजहरु दुवैजनालाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट एक्सफ सिरप १० थान, नाईट्रोजन १० ट्याब्लेट, उईनपासमोफोट ७२ पिस, लुपिजेसिक ८ एम्पुल, फेनारागन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र गाँजा २०० ग्राम बरामद भएको थियो ।

यस्तै ईलामको सुर्योदय नगरपालिका–८ छिपिटारबाट लागैऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी फिल्कलबाट खटिएको प्रहरी टोलीले सुर्योदय नगरपालिका–४ का २५ बर्षीय अनुप प्रधानलाई ६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);