लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

pakrau

झापा, ६ चैत । झापाका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१३ बाट बिहीबार साँझ ७ बजे ३ जनालाई लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१५ का ३० बर्षीय कुमोलाल राजवंशी , २४ बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका–१० का १९ बर्षीय श्रवण मुखिया रहेका छन् । यस्तै बिहीबार साँझ साँढे ५ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–८ का १९ बर्षीय सरोज सुनुवार र अभिषेक राजवंशीलाई २ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीबारीबाट पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । खानलाई अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);