लागुऔषध सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लागुऔषध सहित ३ जना पक्राउ

dampati pakrau

उत्तम रिजाल

झापा, ९ माघ । खैरो हिराईन ब्राउनसुगर र अन्य लागुऔषध सहित झापाबाट ३ जना पक्राउ परेका छन् । उनीहरुलाई झापाको दमक र मेचीनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङको सिजुवा नगरपालिका–२ का २१ बर्र्षीय कनैया गनगाई र २० बर्षीय राजकुमार गनगाईलाई ३६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुलाई बिहिबार साँझ ६ बजे दमक नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका–२ का ३१ बर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारगन र १० एम्पुल डाइजेपाम सहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);