ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ

pakrau

झापा, ५ माघ । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले झापाको गौरादह, दमक र मोरङको रतुवामाईबाट पक्राउ गरेको हो ।

झापाको गौरादह नगरपालिका–१ मा लागुऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार राती पौने ८ बजे गौरादह नगरपालिका–३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम शाहलाई २३ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय दमकबाटै खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका–१ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित सोहि ठाउँबाट पक्राउ गरेको हो । यसैगरी मोरङको रतुवामाई नगरपालिका–२ डोरीयाबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।

सीमा प्रहरी चौकी डोरीया मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका–९ का २४ बर्षीय दिपेश घिमिरे र २४ बर्षीय संजिव भट्टराई लाई २०० ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);