ब्राउनसुगर र ट्याव्लेट सहित ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

ब्राउनसुगर र ट्याव्लेट सहित ६ जना पक्राउ

pakrau

झापा, २६ पुष । झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दमक नगरपालिका–७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर(१४ जतुवाबाट पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मे १ च २८६२ नम्बरको कारमा सवार रहेका अग्रवाललाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । यस्तै झापाको मेचीनगर नगरपालिका–१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय अनिल सहनीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया वस्तीबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप–महानगरपालिका–१५ का २१ बर्षीय बिशाल बि.क., धरान–२ का २६ बर्षीय बिकाश कट्वाल, रामधुनी नगरपालिका–५ का ४२ बर्षीय रमेश लिम्बु र बराह नगरपालिका–५ का २० बर्षीय निकेश श्रेष्ठलाई लुपिजेसिक १६ एम्पुल , फेनारगन १६ एम्पुल र एभिल १६ एम्पुल सहित शनिवार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);