ब्राउनसुगर सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ब्राउनसुगर सहित ३ जना पक्राउ

dampati pakrau

उत्तम रिजाल

झापा, २१ माघ । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले एक जना र कुमरखोदको प्रहरी टोलीले दुई जना पक्राउ गरेको हो ।

दमकबाट पक्राउ पर्नेमा दमक नगरपालिका–९ का २० बर्षीय अजय राजवंशी छन् । उनलाई मंगलवार राती ८ बजे घरबाट नै पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै उनको कोठाबाट प्रहरीले २ ग्राम २०० मिलिग्राम ब्राउनसुगर पनि बरामद गरेको छ भने डिजिटल तराजु १ थान, नगद ७ हजार रुपैयाँ र मोबाईल २ थान पनि बरामद गरेको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक भारत किशनगंञ्जका ३० बर्षीय मोहम्मद आलम र २८ बर्षीय मदिउर रहमानलाई १० ग्राम लागुऔषध ब्राउनसुगर, ५० ग्राम गाँजा , ९ हजार १ सय ७० भारतीय रुपैयाँ र १ थान मोवाईल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);