काठमाडौँ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ ।सोमबार विधायन व्यवस्थापन समितिमा भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफलका क्रममा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनुभएको हो । बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गरेको थिए । तर कृषिमन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्ष्पट पार्नुभएको हो । विभिन्न प्रयोजनका लागि विगतमा स्थापना गरिएका कोष प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको तथा कतिपय अवस्थामा दुरुपयोग समेत भएको उहाँको भनाई छ । यद्यपि सङ्क्रामक पशुरोग नियन्त्रणका लागि राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरोकारवालाको सहभागितामा कोष स्थापना गर्न सकिने उहाँको भनाई छ ।
सङ्क्रामक पशुरोग नियन्त्रण गर्न प्रस्तावित कोषको स्वरूपबारे पुनर्विचार गर्न सकिने उहाँले बताउनुभयो । उहाँकाअनुसार सरकारले विधेयकको प्रारम्भिक मस्यौदा तयार गर्दा सङ्क्रामक पशुरोग नियन्त्रणका लागि छुट्टै कोषको परिकल्पना गरेको थियो । तर अर्थ मन्त्रालयबाट राय लिने क्रममा प्रश्तावित व्यवस्था अन्य प्रचलित प्रावधानसँग बाझिने देखिएपछि समस्या आएको उहाँको भनाई छ ।बैठकमा सांसदहरुले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्र्नुपर्नेमा जोड दिएका थिए ।




